Kathmandu Press

एक किलो सुनसहित दुई महिला पक्राउ

रसुवा, मंसिर ९ :  रसुवामा एक किलो सुनसहित दुई महिला पक्राउ परेका छन्। 

गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करि....

एक किलो सुनसहित दुई महिला पक्राउ
फाइल

रसुवा, मंसिर ९ :  रसुवामा एक किलो सुनसहित दुई महिला पक्राउ परेका छन्। 

गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलो सुनसहित प्रहरीले सोमबार दुई महिलालाई पक्राउ गरेको हो।

सुन भित्र्याउँदै गरेको भन्ने सुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए।

सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिए। 

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्