Kathmandu Press

पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

इस्लामावाद, साउन २२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा २४ जना...
पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

इस्लामावाद, साउन २२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा २४ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्।
 
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ। उद्धार टोलीले क्रेनको सहयोगमा बसलाई पानीबाट बाहिर निकाल्ने प्रयास गरेको समाचारमा जनाइएको छ।  
 
पाकिस्तान प्रशासित काश्मिरको नीलम भ्याली जिल्लामा कारको ठक्करबाट तीन वटा जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

पूराना सवारी साधन, कमजोर सडक संरचना र चालकको लापर्बाहीका कारण पाकिस्तानमा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउनेगरेका छन्।

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्