Kathmandu Press

महोत्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चौधरी  विजयी

धनुषा, साउन २२ : महोत्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीतेन्द्र चौधरी विजयी भएका छन्। गएराति सम्पन्न सङ्घको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई छ मतले...
महोत्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चौधरी  विजयी

धनुषा, साउन २२ : महोत्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीतेन्द्र चौधरी विजयी भएका छन्। 

गएराति सम्पन्न सङ्घको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई छ मतले हराउँदै चौधरी विजयी हुनुभएको निर्वाचन अधिकृत सुरेशलाल कर्णले बताए। 

Hardik ivf

विजयी चौधरीले १२० मत प्राप्त गर्नुभएकामा प्रतिद्वन्द्वी प्रसादले ११४ मत प्राप्त गर्नुभयो । दुईसय ४७ मतदाता रहेको सो निर्वाचनमा २४३ मत खसेको थियो । तीन मत बदर भएको उनले जानकारी दिए।

उक्त निर्वाचनमा सङ्घको प्रथम उपाध्यक्षमा पवनकुमार साह, द्वितीय उपाध्यक्षमा अजयकुमार साह, महासचिवमा अमरनाथप्रसाद गुप्ता, कोषाध्यक्षमा रविशङ्करप्रसाद, सचिवमा विजयकुमार साह निर्वाचित भएका छन् । 

त्यसैगरी सदस्यमा सञ्जयकुमार पञ्जीयार, जगदीश महतो, नितेशकुमार साह, रामकुमार साह हलुवाइ, सूर्यप्रकाश साह, राकेशकुमार नायक, राजेशकुमार गुप्ता र महिला सदस्यमा शोभादेवी विजयी भएको निर्वाचन अधिकृत कर्णले बताए। 
    

प्रकाशित मिति: १६:२० बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्