Kathmandu Press

अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

काबुल, साउन २२ : अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको...
अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

काबुल, साउन २२ : अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) को आर्थिक सहयोगमा स्थानीय अधिकारीहरूले यस प्रान्तमा सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विभिन्न किसिमका पाँचवटा प्रतिक्रिया टोलीहरू स्थापना गरेको पनि अधिकारीले बताएका छन्।

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्