Kathmandu Press

जनता आवास कार्यक्रमबाट घर निर्माण

तनहुँ, साउन  २२ : जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण  घर बनाउनसक्ने हैसियत नभएका व्यक्तिको...
जनता आवास कार्यक्रमबाट घर निर्माण

तनहुँ, साउन  २२ : जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण  घर बनाउनसक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो । जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए। 

आर्थिक वर्ष २०७५÷७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उनले बताए  । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको थियो । 

Hardik ivf

दुई सरकारी भवन निर्माण 

पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवन  निर्माण गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा निर्माण भएको हो। 

विसं २०७७ असोज १ गते सम्झौता गरिएकामा उक्त भवन विसं २०७८ फागुन ३० गते निर्माण गरिएको हो । त्यसैगरी भिमाद सामुदायिक भवन  रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण गरिएको छ । भवनको ढाँचामा थप  गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्धि हुन गएको इन्जिनीयर मिश्रले बताउनुभयो । 

दुई झोलुङ्गे पुल निर्माण 
    
जिल्लामा निर्माणाधीन तीन वटा झोलुङ्गे पुलमध्ये दुई पुल निर्माण गरिएकोे छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु ७७ लाख ७१ हजारको लागतमा एउटा झोलुङ्गे पुल निर्माण गरिएको हो । 
    
जिल्लाको भानु नगरपालिका–३ खहरेदेखि नारायणचौर गोरखा जोड्ने सो पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको र  यसबाट सयौँ मानिस लाभान्वित भएको बताइएको छ।  

व्यास नगरपालिका–५ र १० जोड्ने मादीनदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुन गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए। अहिले विद्युत्का खम्बा सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको उनले बताए ।  

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्