Kathmandu Press

हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमान्डर मारिए

तेल अबिब, साउन २२ : गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल(कुड्स ब्रिगेडले जनाएको...
हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमान्डर मारिए

तेल अबिब, साउन २२ : गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल-कुड्स ब्रिगेडले जनाएको छ।

शुक्रबार इजरायली रक्षा बल (आइडिएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ।  अल कुड्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा यसका उच्चस्तरीय कमाण्डर खालेद मन्सुर शनिबार राति रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ।

Hardik ivf

आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टाइनी आन्दोलन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको छ। जबरी इजरायली हमलामा मारिएपछि इस्लामिक जिहादका नेता जियाद नाखलाहले तेल अवीवमा क्षेप्यास्त्र आक्रमण गरेर बदला लिने धम्की दिएका छन्।

त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू शुरु गर्दै आएको छ। प्यालेस्टिनी एन्क्लेभको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायलको अपरेशन ब्रेकिङ डन अन्तर्गत गाजा पट्टीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको र २०३ जना घाइते भएको बताएको छ ।

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्