Kathmandu Press

समाजवादी पार्टीसँगै छिट्टै एकता हुन्छ: महतो

राजविराज, मंसिर ९ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न  वैकल्पिक शक....

समाजवादी पार्टीसँगै छिट्टै एकता हुन्छ: महतो
फाइल

राजविराज, मंसिर ९ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न  वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको बताएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा सोमबार आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताए। सरकारले  मधेशी आदिवासी, जनजाति र  पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै उनले मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने जोड दिए।

महतोले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेशी जनताको अधिकारका लागि पहिचानवादी आन्दोलन गर्ने चेतावनी समेत दिए।  समाजवादी पार्टीसहित  विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको जानकारी दिँदै महतोले राजपा नेपाल तत्काल सरकारमा सहभागी नहुने स्पष्ट पारे।
 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्