एक इन्च जमिन पनि भारतलाई अतिक्रमण गर्न दिँदैनाैं : मुख्यमन्त्री पोखरेल
तुलसीपुर, मंसिर ९ : प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध....

तुलसीपुर, मंसिर ९ : प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय हितको पक्षमा दृढताका साथ अघि बढेको बताएका छन्।
प्रेस संगठन दाङले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले नाकाबन्दीका बेला नेकपा नेतृत्वको सरकारले भारतलाई घुँटा टेकाउन बाध्य पारेकाले सीमा विवादलाई पनि कूटनीतिक तवरले समाधान गर्ने बताए।
सीमा विवाद समाधान गर्न गम्भीर भएको भन्दै उनले सरकारले भारतलाई कूटनीतिक पत्र पठाइसकेको बताए। मुख्यमन्त्री पोखरेलले कालापानी र लिपुलेक नेपालको भएकाले त्यसलाई तथ्यमा सावित गर्न नेकपा र सरकार दृढ भएको बताए।
उनले नेपालको एक इन्च जमिन भारतलाई अतिक्रमण गर्न नदिने बताए। नेकपाले सरकारको नेतृत्व गरेपछि कुल ग्राहस्थ उत्पादन बढेको भन्दै त्यसको वृद्धिदर भारतको भन्दा उच्च रहेको बताए।











