अमेरिकी राष्ट्रपति बाइडेनकाे कोरोना रिपोर्ट ‘नेगेटिभ’
वासिङटन, साउन २२ : अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी...
वासिङटन, साउन २२ : अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन्। ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिएका हुन्।
उनी कोभिड सङ्क्रमण मुक्त भइसक्दा पनि आइसोलेसनमै छन्।
उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए।
उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन्। उनलाई पहिलोपटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो। त्यसपछि एक सातासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो।
राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।
प्रकाशित मिति: १२:४६ बजे, आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












