घट्यो सुनको मूल्य
काठमाडाैं, साउन २२ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय तोकिएको छ।अघिल्लो दिन...
काठमाडाैं, साउन २२ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु पाँच सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार आठसय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार तीनसय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार दुई सय पाँच तोकिएकोे छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: १२:२९ बजे, आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)










