Kathmandu Press

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

गाजा, साउन २२ : इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ६ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ।

इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप सहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निसाना बनाउँदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाका साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ। 

यसैबीच प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्