Kathmandu Press

संविधान संशोधन गर्ने समय आयो : कानूनमन्त्री यादव

काठमाडौं, मंसिर ९ : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आ....

संविधान संशोधन गर्ने समय आयो : कानूनमन्त्री यादव

काठमाडौं, मंसिर ९ : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताएका छन्।

सोमबार मन्त्रालयको कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताएका हुन्। ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौँ, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ यादवले भने।

मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने बेला आएको पनि बताए। ‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो, हेरफेर गर्न सक्नुहुन्छ, मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुन सक्छ,’ उनले भने।

समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले मंसिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्