Kathmandu Press

ट्रक पल्टिँदा चालकको मृत्यु

काठमाडौं, साउन २२ : गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा  पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का...
ट्रक पल्टिँदा चालकको मृत्यु

काठमाडौं, साउन २२ : गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा  पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ। 

आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए। ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो।  

प्रकाशित मिति: १०:३२ बजे, आइतबार, साउन २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्