Kathmandu Press

गण्डकीमा कर वृद्धि फिर्ता गर्न कांग्रेसको माग

पोखरा, साउन २२ : गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ।कांग्रेसको प्रदेश...
गण्डकीमा कर वृद्धि फिर्ता गर्न कांग्रेसको माग

पोखरा, साउन २२ : गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ।

कांग्रेसको प्रदेश कार्य सम्पादन समितिको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठकपछि पार्टी प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु) ले जानकारी दिए।

Hardik ivf

गण्डकी प्रदेश सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावनाअनुरुप काम गर्नका लागि पठाइए पनि केही व्यक्तिवादी सोचका कारण जनभावना विपरीतका निर्णय गरिएको भन्दै तत्काल संशोधन गरी कर वृद्धिलाई रोक्न कांग्रेसले अनुरोध गरेको छ।

गण्डकी सरकारको आव २०७९÷८० को बजेटमा यातायात तथा भूमिसम्बन्धी कर, अघिल्लो वर्षको तुलनामा अनपेक्षित रुपमा बढेको भनी आम नागरिकबाट आएको गुनासोप्रति कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

'नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र प्रजातन्त्रको सुन्दर पक्ष जनभावनाको सम्मान गर्ने भएकाले कर वृद्धिसम्बन्धी के भएको हो स्पष्ट पार्दै आम नागरिकको चाहनाअनुरुप कर वृद्धि भएको भए सोलाई फिर्ता गरी यथावत् राख्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरियो,' कांग्रेसले भनेको छ।

बैठकले सरकारले आउने मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी गरेको घोषणाको स्वागत गर्दै निर्वाचनमा पार्टीको जीत सुनिश्चित गराउन उच्च मनोबलका साथ जनताको बीचमा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

निर्वाचनलाई दृष्टिगत गर्दै गण्डकी प्रदेशभित्रका सबै क्षेत्र, प्रदेश क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी निर्वाचनसम्बन्धी गतिविधि सञ्चालनार्थ प्रदेश कार्यसमितिका तर्फबाट यथासक्य चाँडो सबै प्रदेश क्षेत्रीय कार्यसमितिमा प्रतिनिधि खटाउने निर्णय गरिएको बरालले जानकारी दिए।

प्रकाशित मिति: ०७:०९ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्