Kathmandu Press

बाँकेमा साढे २९ अर्ब बढी राजस्व सङ्कलन

बाँके, साउन २१ : बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन...
बाँकेमा साढे २९ अर्ब बढी राजस्व सङ्कलन

बाँके, साउन २१ : बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कानुसार सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो।

सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा रु २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको हो।

प्रकाशित मिति: २०:०७ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्