Kathmandu Press

रूसी आक्रमणबाट यूक्रेनी आणविक केन्द्रको केही भागमा ‘गम्भीर क्षति’

कीभ, साउन २१ : यूक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनले जनाएको छ। आक्रमणका...
रूसी आक्रमणबाट यूक्रेनी आणविक केन्द्रको केही भागमा ‘गम्भीर क्षति’

कीभ, साउन २१ : यूक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनले जनाएको छ। आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले शनिबार बताए।

यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीर रूपमा क्षतिग्रस्त’ बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो।

यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन्।

Hardik ivf

आक्रमणले विद्युत केबुललाई क्षति पु¥याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ। घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ।

'यो आक्रमणपछि उक्त आणविक केन्द्रलाई सुरक्षितरूपमा सञ्चालन गर्न गम्भीर खतरा उत्पन्न भएको छ।'

रूसी सेनाले आक्रमणको सुरुवातदेखि नै जापोरिज्हिया संयन्त्र कब्जा गरेका छन् र कीभले उनीहरूलाई त्यहाँ गह्रौं हतियारहरू भण्डारण गरेको आरोप लगाएको छ। तर मस्कोले भने युक्रेनी सेनालाई नै उक्त आणविक केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ।

आक्रमण सम्बन्धमा युरोपेली संघले शनिबार रूसमाथि कडा निन्दा गरेको छ।

यस समूहका वरिष्ठ कूटनीतिज्ञ जोसेप बोरेलले ट्वीटरमार्फत आक्रमणको निन्दा गर्दै लेखेका छन, 'जापोरिजझिया आणविक विद्युत केन्द्र वरिपरि रूसको सैन्य गतिविधिको ईयूले निन्दा गर्छ।'

उनले भने, 'यो आणविक सुरक्षा नियमहरूको गम्भीर तथा गैरजिम्मेवारपूर्ण उल्लङ्घन र अन्तरराष्ट्रिय मापदण्डप्रति रूसको बेवास्ताको अर्को उदाहरण हो।'

बोरेलले संयुक्त राष्ट्रको आणविक निगरानी, अन्तरराष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई यस केन्द्रमा अनुगमनका लागि पहुँच प्रदान गनुपर्ने बताए।

आईएईएले केन्द्रको निरीक्षण गर्न हप्तौंदेखि एउटा टोली पठाउने प्रयास गर्दै आएको छ। यूक्रेनले यस प्रयासलाई अहिलेसम्म अस्वीकार गरेको छ। यूक्रेनले अन्तरराष्ट्रिय समुदायको नजरमा यस स्थलमा रूसको आधिपत्य रहेको दावी गर्दै आएको छ।

रूसले भनेको छ, 'रूसी आणविक केन्द्र सञ्चालक रोजाटमका कर्मचारीहरूले आक्रमण हुनुभन्दा केही समयअघि नै केन्द्र छोडेका थिए तर यूक्रेनी कर्मचारीहरू त्यहीं बसेका थिए र यो केन्द्रले अझै बिजुली उत्पादन गरिरहेको थियो।'

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जारी विज्ञप्तिमा भनेका छन, 'यस केन्द्रमा भएको कुनै पनि विस्फोट निर्लज्ज अपराध हो, यो आतङ्कवादी गतिविधि हो।' त्यसैगरी यूक्रेनी विदेश मन्त्रालयले ‘काम गर्ने रिएक्टरमा प्रहार गर्दा हुने सम्भाव्य परिणामहरू परमाणु बम प्रयोग गर्नु बराबर हो’ भनेको छ।

प्रकाशित मिति: १९:३२ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्