Kathmandu Press

श्रीलङ्कामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

श्रीलङ्कामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

काेलम्बाे, साउन २१ : श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ।

सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो। विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलङ्कामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताए।

हाल श्रीलङ्काको बजारका दुई हस्तीमध्ये सेलोन पेट्रोलियम कर्पोरेसन र लङ्का आइओसी मात्रै छन्। सन् २०२२ जुनमा श्रीलङ्काको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलङ्काको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो। आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धनअभावपछि श्रीलङ्काले यो कदम चालेको हो।

प्रकाशित मिति: १९:२९ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्