Kathmandu Press

आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध

नोम पेन्ह, साउन २१ : कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) गत जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक...
आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध

नोम पेन्ह, साउन २१ : कम्बोडियाका विदेशमन्त्री प्राक सोखोनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) गत जनवरी १ तारिखदेखि लागू भएको क्षेत्रीय बृहत् आर्थिक साझेदारीको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध रहेको शनिबार बताएका छन्। 

'आसियान क्षेत्रीय बृहत् आर्थिक साझेदारी सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न प्रतिबद्ध छ। व्यापार, लगानी र विश्वव्यापी आपूर्ति शृङ्खलाको लागि आसियानको आकर्षण बढाउन पनि प्रतिबद्ध छ,' उनले भने। उनले आसियान विदेश मन्त्रीहरूको ५५औं बैठकको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो। 

शुक्रबार जारी  गरिएको आसियान विदेश मन्त्रीहरूको बैठकपछिको संयुक्त विज्ञप्तिमा  विदेश मन्त्रीहरूले  क्षेत्रीय व्यापक आर्थिक साझेदारी कार्यक्रम यस क्षेत्रको पुनर्उत्थानमा महत्त्वपूर्ण हुने बताएका हुन्। 

'यसले हाम्रो रिकभरी रणनीतिमा महत्त्वपूर्ण योगदान दिनेछ र यस क्षेत्रमा समावेशी र खुला व्यापार र लगानी संरचनालाई समर्थन गर्न जारी राख्नेछ,' संयुक्त विज्ञप्तिमा भनिएको छ।

रिकेपमा १० सदस्य राष्ट्रहरू ( ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सहित १५ एसिया-प्यासिफिक देशहरू र तिनीहरूका पाँच व्यापारिक साझेदारहरू, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्याण्ड) रहेका छन् ।

विश्वको सबैभन्दा ठूलो व्यापार समूह रिकेपले २.२ अर्ब जनसङ्ख्या जुन विश्व जनसङ्ख्याको ३० प्रतिशत हो भने त्यसको संयुक्त कुल ग्रार्हस्थ उत्पादन २६.२ ट्रिलियन अमेरिकी डलरको हाराहारीमा छ। विश्वव्यापी  कुल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशत र विश्वव्यापी रूपमा २८ प्रतिशत व्यापारको प्रतिनिधित्व गर्दछ। 

कम्बोडियाको रोयल एकेडेमीमा इन्स्टिच्युट अफ चाइना स्टडीजका महानिर्देशक वरिष्ठ अर्थशास्त्री के सेरेवाथले  आरसीईपीले क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिको लागि उत्प्रेरकको रूपमा काम गरेको बताएका छन् ।

यसले कम्बोडिया र अन्य सदस्य देशहरूलाई कोभिड(१९ महामारीबाट गुज्रिएको आर्थिक पुनस् प्राप्तिलाई  तीव्र पार्न मद्दत गर्ने कुरा उनले सिन्ह्वालाई बताएका छन्। 'मलाई विश्वास छ यो महा(क्षेत्रीय व्यापार सम्झौता भविष्यमा विश्वव्यापी व्यापारको लागि गुरुत्वाकर्षणको नयाँ केन्द्र बन्नेछ,' उनले थपे।

प्रकाशित मिति: १८:०१ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्