Kathmandu Press

चीनमा निजी व्यवसायलाई बढी ऋण

बेइजिङ, साउन २१ : चीनका वाणिज्य बैंकहरूले निजी व्यवसाय प्रवर्धनलाई प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन्।  बैंक तथा बिमा नियामक निकायको...
चीनमा निजी व्यवसायलाई बढी ऋण

बेइजिङ, साउन २१ : चीनका वाणिज्य बैंकहरूले निजी व्यवसाय प्रवर्धनलाई प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन्।  

बैंक तथा बिमा नियामक निकायको निर्देशनअनुसार निजी उद्यम बढाउन ऋण सहयोगको सीमामा वृद्धि गरिएको हो। बढाएको आफ्नो शीर्ष बैंकिङ तथा ले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ।

निजी उद्यमहरूलाई नयाँ कर्जाको ब्याजदर बितेका छ महिनमाको ४.७४ थियो जुन गत वर्षको सोही अवधिको तुलनामा ०.५७ प्रतिशत बिन्दुले कम हो।

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्