Kathmandu Press

बस दुर्घटनामा बुल्गेरियामा चारको मृत्यु, आठ घाइते

सोफिया, साउन २१ : बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन्।उक्त दुर्घटना स्थानीय समय...
बस दुर्घटनामा बुल्गेरियामा चारको मृत्यु, आठ घाइते


सोफिया, साउन २१ : बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन्।

उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो। रोमानियामा  दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

Hardik ivf

बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा  जनाइएको छ। मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए।

उक्त दुर्घटना हुँदा  कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन।  

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्