Kathmandu Press

चीनले उपलब्ध गरायो फक्ताङ्लुङलाई स्काभेटर

चीनले उपलब्ध गरायो फक्ताङ्लुङलाई स्काभेटर

ताप्लेजुङ, साउन २१ : चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ। चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो।   

फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर  ल्याइपु¥याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। 

Hardik ivf

तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर  पु¥याइएको गाउँपालिकाले जनाएको छ। 

स्काभेटर रु एक करोड  ३५ लाख बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो। उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क रु २५ लाख नेपाल सरकारले छुट दिएको छ। नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताए। 

स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ। निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो। ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्र ठाउँ ठाउँमा सडकको ट्र्याक खोलिएकामा  अब तिनको  मर्मत  तथा स्तरोन्नति गर्ने काम गाउँपालिकाले गर्ने पालिका अध्यक्ष लिम्बूले बताउनुभयो। उहाँले भन्नुभयो, “विगमा झँै सडकका नाममा रकम विनियोजन गर्नेभन्दा सडक मर्मत तथा स्तरोन्नतिको काम गाउँपालिका आफैँले गर्नेछ। स्काभेटरलाई  इन्धनमात्र खरिदका लागि  मात्र बजेट विनियोजन हुन्छ।” लिम्बूका अनुसार सबै वडादेखि पालिका केन्द्रसम्म बाहै्र महिना यातायात सञ्चालन हुने गरी पालिकाले सडक मर्मत गर्नेछ। गाउँपालिकाभित्रका कृषि सडकका लागि गाउँपालिका आफँैले ट्र्याक खोल्ने मर्मत गर्ने भएको छ 

विगतमा झैँ कृषि सडकको ट्र्याक खोल्ने सडक मर्मत तथा स्तरोन्नतिमा ठूलो बजेट खर्च भएकामा आगामी दिन शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा लगानी गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सडक मर्मत गर्न थालेसँगै स्थानीयवासी खुसी भएका छन्। बिरामी हुँदा, दैनिकरुपमा आवतजावत गर्न, आवश्यक सामग्री ढुवानी गर्न उनीहरुलाई सहज भएको छ।

प्रकाशित मिति: १७:३४ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्