Kathmandu Press

जब अग्निनियन्त्रककै छोराछोरी आगोमा बिलाए...

नेस्कोपेक, साउन २१ : नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका...
जब अग्निनियन्त्रककै छोराछोरी आगोमा बिलाए...

नेस्कोपेक, साउन २१ : नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए।

दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो। बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए। 

Hardik ivf

अवर्णनीय पीडा र हतास स्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन। बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो। सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए। र, उनलाई कार्यालयमा फर्काए।

आफ्नै परिवारका सदस्य र आफन्तसहित १० जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुई सन्तान (एक छोरा, एक छोरी) सम्म पुग्न चाहेको बताएका छन्। आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै रह्यो। 

बेकरका आफन्तीको घरमा आगो लाग्दा तीनजना बालबालिकासहित १० जनाको मृत्यु भयो। ज्यान गुमाउनेहरू ५, ६ र ६ वर्षका बालबालिका, १५ वर्षका किशोरदेखि ७० वर्षका वृद्ध छन्। घरका १३ वटा कुकुरको अत्तोपत्तो छैन। आगोले ज्यान लिएकाहरूको शवको परीक्षण आगामी साता गरिने अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार घरमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन। त्यसको अनुसन्धान भइरहेको छ।

बेकरले पाएको आगालागीको सूचनाअनुसार उनको परिवारका सदस्यहरूको बासस्थान नजिकको कुनै घरमा  आगो लागेको थियो तर उनले घटनास्थलमा आइसकेपछि मात्र आफ्नै घर जलेको थाहा पाए। ४० वर्षदेखि आगो निभाउँदै आएका ५७ वर्षीय बेकरले आगो निभाउन नसकेर आफ्ना सन्तानसहित धेरै आफन्त गुमाए। अधिकारीहरूका अनुसार आगो यति विशाल थियो कि घरभित्र प्रवेश गर्नसक्ने अवस्था नै थिएन। 

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्