Kathmandu Press

अफगानिस्तानमा थप पाँच जनाको मृत्यु

अफगानिस्तानमा थप पाँच जनाको मृत्यु

काबुल, साउन २१ : अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ। 

शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
 
घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ।

सिया समुदायले प्रार्थनाका लागि भेट हुँदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार विस्फोटक पदार्थ कारमा ल्याएर विस्फोट गराइएको थियो। घटनाको जिम्मेवारी आइएसआइएसले लिएको छ।

अफगानिस्तानमा सिया समुदायले लामो समयदेखि पक्षपात भोग्दै आएको छ। यसअघि पनि सो समूहमाथि पटकपटक आक्रमण हुने गरेको थियो।
 

प्रकाशित मिति: १७:०८ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्