Kathmandu Press

नेपालगन्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुँदै

नेपालगन्ज, साउन २१ : सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ।सहरी विपद् तथा भूकम्पीय...
नेपालगन्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुँदै

नेपालगन्ज, साउन २१ : सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारणर घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिए।

Hardik ivf

उक्त शाखा र युनिसेफको साझेदारीमा उपमहानगरपालिकाको समन्वयमा हुन लागेको सर्वेक्षणमा घनाबस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट बच्ने उपायका विषयमा समेत सजग गराउन कार्यक्रम सञ्चालन हुनेछ। 'हामीले स्थानीय तहसँग समन्वय गरेर धेरै प्रकारका जोखिमको स्थिति पत्ता लगाउछौं', उनले भने। दुई सातासम्म हुने अध्ययनमा पाँच प्राविधिक जनशक्ति परिचालन हुनेछन्। उक्त परियोजनाले एक वर्षसम्म काम गर्ने बताइएको छ।

घरको सर्वेक्षणका लागि नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, रेडक्रसका जिल्ला सभापति गोवर्धन सिंह ‘सम्झना’ मेतको उपस्थितिमा भएको बैठकले उक्त विषयलाई अनुमोदन गरेको थियो।

परियोजनाअन्तर्गत जोखिमयुक्त घरहरु पहिचान गरी नगरभित्र विपद पूर्वतयारीका लागि संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ स्थलगतरुपमा प्रविधिक परिचालन गरिएको उपमहानगरपालिकाका विपद् स्रोतव्यक्ति प्रकाश डिसीले बताए।

जिल्ला सभापति ‘सम्झना’ले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनिकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले घरहरुको जोखिम पहिचान भैसकेपछि बीमा कार्यक्रममलाई नगरमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्ववारे जानकारी गराएका थिए।

प्रकाशित मिति: १५:२० बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्