Kathmandu Press

भोजपुरमा ९० प्रतिशत रोपाइँ

भोजपुर, साउन २१ : भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो।यस वर्ष...
भोजपुरमा ९० प्रतिशत रोपाइँ

भोजपुर, साउन २१ : भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो।

यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए।

उनले भने, 'भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ। दुई बाली लाग्ने  क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ। समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो।'
 
जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकामा साउन २० सम्म १६ हजार दुईसय ८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताउनुभयो। जिल्लाको नौवटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ।

पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ। समयमै मल नपाउँदा भने समस्या भएको कृषकले गुनासो गरेका छन्। स्थानीय जोखिमका किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताए। उनले भने, 'सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ। युरिया मल बाहिरी बजारबाट प्रतिबोरा रु दुई हजार ४०० मा ल्याउन बाध्य छौं।' 

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्