Kathmandu Press

अटो र जिप ठोक्किँदा एकको मृत्यु

पाल्पा, साउन २१ : पाल्पाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।शुक्रबार बेलुका ७ बजेतिर...
अटो र जिप ठोक्किँदा एकको मृत्यु

पाल्पा, साउन २१ : पाल्पाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शुक्रबार बेलुका ७ बजेतिर रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी करिडोर अमराइमा लु१ज ४१३३ नम्बरको जिप र लु१ह ४१३८ नम्बरको अटो ठोक्किँदा रामपुर–५ मटेरी बस्ने ४५ वर्षका चोकबहादुर ढेंगा रहेको प्रहरीले जनाएको छ।

तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा ढेंगाको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा रामपुर–३ का ३७ वर्षीय सुरेन्द्र थापा, १० वर्षीया अन्जली थापा र १२ वर्षीया पुष्पा थापा घाइते छन्।

उनीहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्