Kathmandu Press

दक्षिण कोरियामा एक दिनमा १ लाख १० हजार सङ्क्रमित

दक्षिण कोरियामा एक दिनमा १ लाख १० हजार सङ्क्रमित

सोल, साउन २१ : दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन्। 

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन्।

दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ। अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए।

एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए। अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ।  
 

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, साउन २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्