Kathmandu Press

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

नयाँ दिल्ली, साउन २१ : भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ।सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका...
भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

नयाँ दिल्ली, साउन २१ : भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ।

सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्। उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो।   

उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनीत सदस्यहरू योग्य मानिन्छन्।

Hardik ivf

स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन्। मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ। 

नवनिर्वाचित उपराष्ट्रपतिलाई शपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ। 

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइने भएको हो। 

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदीप धनकरलाई उठाइएको छ।

उनी व्यावसायिक हिसाबले वकिल हुन् भने यसअघि पश्चिम बंगालको गभर्नर भएका थिए। सन् २०१९ मा गभर्नरमा नियुक्त धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिएका थिए। 

भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठुलो पद हो। 
 

प्रकाशित मिति: १२:३३ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्