Kathmandu Press

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरू

काठमाडौं, मंसिर ९ : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएको छ। नेपालमा पनि आजदेखि अभियान विविध कार्यक्रम आयोजना गरि मनाउन थालिएको छ।

....

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरू

काठमाडौं, मंसिर ९ : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएको छ। नेपालमा पनि आजदेखि अभियान विविध कार्यक्रम आयोजना गरि मनाउन थालिएको छ।

हरेक वर्ष संसारभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विविध कार्यक्रमको आयोजना गरि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान संचालन गरिँदै आएको छ। नेपालमा पनि ‘महिला र बालबालिकाका लागि हिंसारहित वातावरण निर्माण गरौं’ भन्ने नाराका साथ मनाउन सुरू गरिएको छ।

यो अवधिमा मानव अधिकारसँग सम्बन्धित विभिन्न दिवस पर्ने गरेका छन्। ति सबै दिवसलाई एकीकृत रुपमा मनाउँदै १६ दिने अभियान संचालन हुने गरेको छ।

यस अवसरमा विभिन्न दलका नेताले शुभकामना दिँदै लैंगिक हिंसाविरुद्ध लाग्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: ११:०६ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्