कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं, साउन २१ : काठमाडौंको कोटेश्वरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।गएराति बा ८९ प ४४९६...
काठमाडौं, साउन २१ : काठमाडौंको कोटेश्वरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गएराति बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल बा ३ ख ८०१६ नम्बरको टिपरसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षीया भूमिका आलेमगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलका चालक भक्तपुरको नयाँठिमी बस्ने प्रेम श्रेष्ठ घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:११ बजे, शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












