Kathmandu Press

बाघको छाला र हड्डीसहित चार युवक पक्राउ

धनगढी, साउन २१ : कैलालीको गोदावरी नगरपालिका–२ को पानीट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ।डोटीको बुडरबाट...
बाघको छाला र हड्डीसहित चार युवक पक्राउ

धनगढी, साउन २१ : कैलालीको गोदावरी नगरपालिका–२ को पानीट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ।

डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६ नम्बरको बोलेरोको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरिएको छ।

Hardik ivf

पक्राउ पर्नेमा बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिकाका टेकबहादुर रावत र धिरेन्द्र रावत रहेको प्रहरीले जनाएको छ।

बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोलेरोलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए। पक्राउ परेका यी चार जनाको मिलेमतोमा बिक्री गर्ने उद्देश्यले बाघको छाला र हड्डी ल्याउँदै गरिएको बताइएको छ।

प्रकाशित मिति: ०७:२७ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्