Kathmandu Press

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन, साउन २० : पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट विकको मृत्यु भएको हो। घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको उनले जानकारी दिए।

प्रकाशित मिति: २१:०२ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्