Kathmandu Press

थाइल्याण्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु, दर्जन घाइते

बैङ्कक, साउन २० : थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।स्थानीय समय अनुसार शुक्रबार...
थाइल्याण्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु, दर्जन घाइते

बैङ्कक, साउन २० : थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्।

Hardik ivf

आगालागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

घाइते मध्ये नौ पुरुष र चार महिला रहेका छन्। उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ।

घटना भएको थाहा पाउना साथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरु घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए।

घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।  

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्