Kathmandu Press

पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री मोदीसँग भेटवार्ता

पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री मोदीसँग भेटवार्ता

कलकत्ता, साउन २० : पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन।

प्रधानमन्त्री निवासमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच बस्तु तथा सेवा करका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन्।

Hardik ivf

चार दिने दिल्ली बसाइका क्रममा मुख्यमन्त्री बेनर्जीले राष्ट्रपति द्रोपदी मुर्मुसँग पनि भेटवार्ता गरेका छन।

उनले नीति आयोग सञ्चालक परिषद्को बैठकमा सहभागी हुने सम्भावना पनि रहेको छ। प्रधानमन्त्रीले अध्यक्षता गर्ने आयोगको अघिल्लो बर्षको बैठकमा भने उनले सहभागिता जनाएका थिएनन।

त्रिमुल काँग्रेस पार्टीकी प्रमुख समेत रहेकी बेनर्जीले बिहीबार आफ्नो पार्टीबाट संघीय संसदमा निर्वाचित नेताहरुसँग बैठक गरेका थिए।

आफ्नो पार्टीका सांसदहरूसँग उनले संसदमा सांसद्हरुले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेकाे जनाइएकाे छ।

त्यसैगरी आगामी सन् २०२४ मा हुने लोकसभा निर्वाचनको तयारी र रणनीतिका बारेमा पनि कुराकानी भएको सांसदहरुले जानकारी दिएका छन्।
 
दिल्लीमा रहेका बेला उनले अन्य उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग पनि छलफल गरेका छन।

प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्