Kathmandu Press

युक्रेन र सिरिया सम्बन्धमा नेता पुटिन र एर्दोगानबीच भेटवार्ता

इस्तानबुल, साउन २० : रूस–युक्रेनबीच जारी युद्ध रोक्ने र सिरियामा नयाँ द्वन्द्वको सम्भावित अनुमानबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका समकक्षी रेसेप तैयप...
युक्रेन र सिरिया सम्बन्धमा नेता पुटिन र एर्दोगानबीच भेटवार्ता

इस्तानबुल, साउन २० : रूस–युक्रेनबीच जारी युद्ध रोक्ने र सिरियामा नयाँ द्वन्द्वको सम्भावित अनुमानबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका समकक्षी रेसेप तैयप एर्दोगानबीच शुक्रबार भेटवार्ता हुनेभएको छ।

वार्ता मुख्यतया रूसले गत फेब्रुअरीमा युक्रेनविरूद्ध सुरू गरेको युद्ध रोक्ने र सिरियामा सम्भावित नयाँ द्वन्द्वलाई रोक्ने विषयमा केन्द्रित हुने बताइएको छ। 

एर्दोगानले ‘ब्ल्याक सी’ को बाटो युक्रेनी अन्न ढुवानी पुनः सुरु गर्न गरेको मध्यस्थतामा उत्कृष्ट कूटनीतिक सफलता पाएपछि उहाँ आफ्ना अधिकांश प्रमुख मन्त्रीहरूसहित १७ दिनपछि पुटिनसँग दोस्रो वार्ताका लागि सोची पुगेका हुन्। 

Hardik ivf

तर रूस–युक्रेन युद्धका कारण तनाव जारी छ। गत महिना तेहरानमा पुटिनले एर्दोगानसँग उत्तरी सिरियामा कुर्दिश लडाकूविरुद्ध टर्कीको योजनामा बनाइएको कुनै पनि नयाँ आक्रमण रूस हेरेर नबस्ने बताउनुभएको सन्दर्भले पनि दुई नेताबीचको वार्तालाई महत्व दिने अनुमान गरिएको छ।

विश्लेषकहरूको विचारमा यी तनावहरू ‘प्रतिस्पर्धात्मक सहयोग’को आधार हुन् जसले विगत २० वर्षमा दुई नेताहरूको सम्बन्धलाई परिभाषित गरेको छ। ती दुई नेताबीच गोप्य वार्ता हुने र सँगै भोज गर्ने अनुमान गरिएको छ। 

युक्रेन माथिको रूसको युद्धले टर्कीको छविलाई प्रमुख भूराजनीतिक खेलाडीको रूपमा पुनः स्थापित गरेको छ र एर्दोगानलाई गत केही वर्षमा तुलनात्मक बढी महत्व दिएको युरोपेली काउन्सिल अन फरेन रिलेशन्सका अस्ली अयडिन्टस्बासले गत हप्ता सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरेका थिए। 

युक्रेनमाथि पश्चिमसँग मस्कोको ऐतिहासिक विवादको सामना गर्न नाटो सदस्य टर्कीले गरेको प्रयासको प्रतिफल हुन थालेको छ।

महिनौंको टर्की प्रयासपछि मस्को र कीभले गत महिना इस्तानबुलमा युक्रेनी बन्दरगाहबाट अन्न वितरण पुनः आरम्भ गर्न संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए। 

युक्रेनबाट बुधबार पहिलो जहाजले इस्तानबुल हुँदै अन्न निर्यात गरेको थियो। युद्धको कारण विश्वव्यापी खाद्य संकट कम गर्न बनाइएका ऐतिहासिक सम्झौताअन्तर्गत टर्की, आयरल्याण्ड र बेलायतका बजारहरूका लागि तोकिएको थप तीनवटा जहाजहरूले शुक्रबार समुद्री यात्रा तय गरेका छन्।

टर्की यस सफलतालाई पुटिन र युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीबीच इस्तानबुलमा भएको वार्तामा रूपान्तरण गर्न चाहन्छ।

यस हप्ता एशियामा रूसी समकक्षी सर्गेई लाभरोभसँगको वार्तापछि टर्कीका विदेश मन्त्री मेभलुत काबुसोग्लूले भन्नुभयो,“खाद्यान्न निर्यात सम्झौता स्थायी युद्धविरामको अवसर हुन सक्नेबारे छलफल भएको बताएका थिए। 

रूसको सेनाले सिरियाली राष्ट्रपति बशर अल–असदलाई टर्कीद्वारा समर्थित समूहहरूको एक दशक लामो विद्रोहबाट बच्न मदत गरेको छ भने टर्कीको ‘राज्यविद्रोह’सँग सहकार्य गरेको दावी गरिएको कुर्दिस ‘आतंकवादी’ समूहसँग टाढा रहने मौजूदा बफर क्षेत्र विस्तार गर्न उत्तरी सिरियामा आक्रमण गर्ने चेतावनी एर्दोगानले दिनुभएको छ। यस बिषयले रूस र टर्कीबीचको सम्बन्धलाई फाटो पार्ने गरेको छ।

प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्