Kathmandu Press

भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि

नयाँ दिल्ली, साउन २० : भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ। शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा...
भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि

नयाँ दिल्ली, साउन २० : भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ। शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ।  

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ। गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमित शुक्रबार पुनः २० हजार नाघेको छ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन्। यसैगरी २१ हजार पाँच सय ९५ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ४५ हजार छ सय २४ पुगेको छ। 

हिजो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट पाँच लाख २६ हजार छ सय जनाको मृत्यु भएको छ। 

महामारी सुरु भएयता ८७ करोड ७७ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। अभियानअन्तर्गत हालसम्म दुई अर्ब पाँच करोड भन्दा बढी मात्रा खोप लगाइएको छ।

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्