Kathmandu Press

आज बालाचतुर्दशी, दिवङ्गत पितृका नाममा शतबीज छरिँदै

काठमाडौं, मंसिर ९ : आज मार्गशीर्ष चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आज दिवङ्गत पितृका नाममा शतबीज छरिँदैछ ।

....
आज बालाचतुर्दशी, दिवङ्गत पितृका नाममा शतबीज छरिँदै

काठमाडौं, मंसिर ९ : आज मार्गशीर्ष चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आज दिवङ्गत पितृका नाममा शतबीज छरिँदैछ ।

 प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दीपदान गरी चतुर्दशीका दिन बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ। काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन हिजो साँझै देखि नै भेला भएका थिए ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न पनि पशुपतिमा हिजो अपरान्हदेखि नै भक्तजनको भीड लागेको थियो । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । 

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, मंसिर ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्