चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौं, साउन २० : पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक...काठमाडौं, साउन २० : पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो। घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।
प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरहरा प्रवेश गर्न ५० रुपैयाँ, चढ्न २ सय रुपैयाँ शुल्कशनिबार, मंसिर ८, २०८१
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१
भगवती मानव कल्याण संगठनको पदयात्रा सम्पन्नशनिबार, मंसिर ८, २०८१