Kathmandu Press

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

बेइजिङ, साउन २० : चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ।चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै...
चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

बेइजिङ, साउन २० : चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ।

चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ।

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्