Kathmandu Press

क्यानडा पठाइदिने भन्दै ७ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं, साउन २० : क्यानडा पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेका छन्।पक्राउ पर्ने महिला सिन्धुपाल्चोकको बाह्रबिसे घर...
क्यानडा पठाइदिने भन्दै ७ लाख ठगेको आरोपमा महिला पक्राउ

काठमाडौं, साउन २० : क्यानडा पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेका छन्।

पक्राउ पर्ने महिला सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका छिरिङ डोमा शेर्पा रहेको प्रहरीले जनाएको छ। शेर्पालाई काठमाडौं उपत्यका अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने प्रलोभन देखाएकी थिइन्। शेर्पाले तामाङलाई क्यानडा पुगेर काम गर्नुपर्ने कम्पनी प्रतिष्ठित रहेको र २ लाख रुपैयाँ मासिक तलब हुने भनेर पनि लोभ्याएकी थिइन्।

प्रहरीका अनुसार पुरै खर्च १४ लाख लाग्ने भन्दै उनी अग्रिम ७ लाख लिएर फरार भएकी हुन्। तामाङले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले महाशाखालाई पक्राउ गर्न पत्राचार गरेको र शेर्पा पक्राउ परेको बताइएको छ। 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्