Kathmandu Press

'पेलोसीको ताइवान भ्रमण दुर्भावनापूर्ण उत्तेजना'

'पेलोसीको ताइवान भ्रमण दुर्भावनापूर्ण उत्तेजना'

मस्को, साउन २० :  रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले बिहीबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई 'दुर्भावनापूर्ण उत्तेजना' भनेका छन्।

आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन्।

मेदभेदेवले यो भ्रमण एशियामा अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले  जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन्। पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्