Kathmandu Press

पेलोसीको ताइवान भ्रमणबारे उत्तेजित नहुन चीनलाई अमेरिकाकाे आग्रह

वासिङटन, साउन २० : अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ। उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो।अमेरिकी संसद्की...
पेलोसीको ताइवान भ्रमणबारे उत्तेजित नहुन चीनलाई अमेरिकाकाे आग्रह

वासिङटन, साउन २० : अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ। उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो।

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको  राष्ट्रिय सुरक्षा परिषद् रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बताएका छन्। उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह गरेका छन्।

Hardik ivf

अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा  थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ, जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव  पनि बढाएको छ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा  शुरु गरिएको छ। चिनियाँ पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यसअघि नै जनाइसकेको छ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने देखिन्छ। यसै बीच ताइवान सरकारले अन्तरराष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्