Kathmandu Press

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

काठमाडाैं, साउन २० : दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु...
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

काठमाडाैं, साउन २० : दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।

स्थानीय समयानुसार बिहान १०स्१७ बजे ९०११७ जीएमटी० चार तले भवनमा आगलागी भएको थियो। त्यस  भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा  कार्यालयहरू छन्।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्