Kathmandu Press

सुनको मूल्य ७०० रूपैयाँ बढ्यो

काठमाडाैं, साउन २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९६ हजार ८०० तोकिएको छ।अघिल्लो दिन प्रतितोला रु ९६ हजार १००...
सुनको मूल्य ७०० रूपैयाँ बढ्यो

काठमाडाैं, साउन २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९६ हजार ८०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १३:३६ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्