Kathmandu Press

भक्तपुरबाट नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर, साउन २१ : भक्तपुरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। चालक अनुमतिपत्रका लागि अर्काका नाममा परीक्षा दिएको आराेपमा उनी पक्राउ परेका हुन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको...
भक्तपुरबाट नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर, साउन २१ : भक्तपुरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। चालक अनुमतिपत्रका लागि अर्काका नाममा परीक्षा दिएको आराेपमा उनी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई रहेको प्रहरीले जनाएको छ।

मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे इजीवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुईपांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाका नाममा परीक्षा दिने उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्