Kathmandu Press

जापानी प्रधानमन्त्री किसिदा र अमेरिकी सभामुख पेलोसी वार्ता

टाेकियाे, साउन २१ : जापानी प्रधानमन्त्री फुमियो किसिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान...
जापानी प्रधानमन्त्री किसिदा र अमेरिकी सभामुख पेलोसी वार्ता

टाेकियाे, साउन २१ : जापानी प्रधानमन्त्री फुमियो किसिदा र भ्रमणरत अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन्।

'हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं,' किशिदाले पेलोसीसँगको भेटपछि सो कुरा उल्लेख गरेको क्योडो न्युजले जनाएको छ। 'चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,' उनले भने।

जापान सरकारले बिहीबार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँच वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई 'अत्यन्त जबरजस्ती' कार्य रूपमा चित्रण गरेको छ।

Hardik ivf

सभामुख पेलोसीको ताइवान भ्रमणको  प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिलहरू सञ्चालन गरिरहेको छ। चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।

जापानको क्योडो न्युजले टोकियोले बेइजिङलाई तुरुन्तै सैन्य अभ्यास बन्द गर्न भनेको विषय उल्लेख गरेको छ। 'यो एउटा गम्भीर मुद्दा हो जुन हाम्रो देशको राष्ट्रिय सुरक्षा र जनताको सुरक्षासँग सम्बन्धित छ,' रक्षामन्त्री नोबुओ किशीले बिहीबार बताउँनु भएको छ। 

फुमियो किशिदा सरकारले चिनियाँ सरकारसमक्ष कूटनीतिक विरोध जनाइसकेको छ। अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा  थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ  जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव  पनि बढाएको छ।

लाइभ-फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा  शुरु गरिएको  छ। चिनियाँ पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउन सक्ने देखिन्छ। यसै बीच ताइवान सरकारले अन्तरराष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ।

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको जवाफमा सैन्य अभ्यासको रूपमा गरिएको जापानको विशेष आर्थिक क्षेत्रमा चीनको मिसाइल प्रक्षेपणको पनि संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बिहीबार एक ब्रिफिङ्गमा भनेका छन्, 'हामी यी कार्यहरूको निन्दा गर्छौं जुन गैरजिम्मेवार छन् । यी कार्यहरू ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्ने हाम्रो लामो समयदेखिको लक्ष्यसँग बाझिएको छ।'

पेलोसीको यो भ्रमण  सन् १९९७ मा न्युट गिंगरिचद्वारा ताइवानमा गरिएको भ्रमणपछि  २५ वर्षको अन्तरालमा भएको हो। 

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्