Kathmandu Press

मंकीपक्सका सङ्क्रमित बढेपछिअमेरिकामा जनस्वास्थ्य संकट घोषणा

काठमाडाैं, साउन २१ : मंकीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा...
मंकीपक्सका सङ्क्रमित बढेपछिअमेरिकामा जनस्वास्थ्य संकट घोषणा

काठमाडाैं, साउन २१ : मंकीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मंकीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।

Hardik ivf

विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो।

अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो। सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मंकीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो।

विश्वका कैयौँ देशमा मंकीपक्सको सङ्क्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ।

अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन्। अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएका बताइएको छ। 

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्