Kathmandu Press

विराटनगर भन्सारकाे राजस्व असुली प्रतिशत घट्दै

विराटनगर, साउन २१ : विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको...
विराटनगर भन्सारकाे राजस्व असुली प्रतिशत घट्दै
Hardik ivf

विराटनगर, साउन २१ : विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ। कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ।

कार्यालयले संकलित राजस्वमा भन्सार महसुल रु १५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ।

आव २०७७/७८ मा कार्यालयले कूल रु ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो। सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो।

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, साउन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्