Kathmandu Press

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

काठमाडाैं, साउन २१ : अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनfलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले...
ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

काठमाडाैं, साउन २१ : अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान-३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ।

वाल स्ट्रिट जर्नलले बिहीबार  यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ। सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको  रिपोर्टमा उल्लेख गरिएको छ। 

अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा  थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ। 

प्रकाशित मिति: ११:४५ बजे, शुक्रबार, साउन २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्