Kathmandu Press

महिलाको नाममा लिखत : दुई करोड बढी राजस्व छुट

तनहुँ, साउन १९ : मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच...
महिलाको नाममा लिखत : दुई करोड बढी राजस्व छुट

तनहुँ, साउन १९ : मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ।

मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो। सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुई सय ४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।

Hardik ivf

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुई सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ। दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुई सय ११ राजस्व छुट गरिएको उहाँले बताए।

त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल रु ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व सङ्कलन गरेको छ। कार्यालयले दिएको जानकारीअनुसार राजिनामातर्फ रु २४ करोड ६५ लाख ४१ हजार नौ सय ५८, धितोतर्फ रु चार करोड ६१ लाख २५ हजार पाँच सय ३५, पुँजीगत लाभकरतर्फ रु १४ करोड एक लाख एक हजार दुई हजार ५१ राजस्व सङ्कलन गरेको सो कार्यालयले जनाएको छ। मालपोत कार्यालयबाट सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिए।

प्रकाशित मिति: २०:१७ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्